नेपाली सवटाइटलमा विदेशी चलचित्र

लेन्सनेपाल २०७८ भाद्र २६
नेपाली सवटाइटलमा विदेशी चलचित्र

असोज १ देखि ९ सम्म चल्ने नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा केही विदेशी चलचित्र नेपाली सवटाइटलमा प्रदर्शन हुने भएका छन् ।

आयोजकले दिएको जानकारी अनुसार विभिन्न पुरस्कार जित्न सफल २ युरोपेली चलचित्रहरू नेपाली भाषामा सबटाइटल सहित प्रदर्शन हुनेछन् । नेपाली सवटाइटल सहित युरोपियन चलचित्र हर जब र अकासा माई होम नामक वृत्तचित्र प्रदर्शन हुनेछन् ।

हर जब सपिङ मलमा सफाई गर्ने काम पाए पछि आफ्नो नयाँ अस्तित्वको अनुभूति गरेकी एक महिलाको कथामा आधारित छ । यस्तैमाई होमले घर, परिवार तथा खुसीको बारेको आम धारणालाई चुनौती दिने बताइन्छ ।