नेपाल युरोपियन युनियन चलचित्र महोत्सवमा ५ नेपाली चलचित्र

लेन्सनेपाल २०७८ भाद्र २६
नेपाल युरोपियन युनियन चलचित्र महोत्सवमा ५ नेपाली चलचित्र

नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा दुई छोटा सहित ५ नेपाली चलचित्र प्रदर्शन हुने भएका छन् ।

असोज १ देखि ९ सम्म चल्ने महोत्सवमा विनोद पौडेल निर्देशित चलचित्र बुलबुल, धोन्डुप छिरीङ निर्देशित चलचित्र आमा खन्दो र सर्जियो बास्सो निर्देशित चलचित्र सरीता प्रदर्शन हुनेछन् । यस्तै गणेश पाण्डे निर्देशित छोटो चलचित्र को–हसबेन्ड्स् र राजन कठेत निर्देशित छोटो चलचित्र स्प्लिट् एन्ड्स् पनि प्रदर्शन हुनेछन् ।

भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत हुने महोत्सवमा बिभिन्न देशका कुल ३९ चलचित्र प्रदर्शन हुनेछन् । जसमध्ये युरोपियन मुलुकका १५ र नेपाली ५ वटा रहेका छन् ।