‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
आजबाट चलचित्र ‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा आएका छन् । दिपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’ र रिम विश्वकर्मा निर्देशित ‘हेल्लो काँशीराम’ दुबैको ओपनिङ ब्यापार कमजोर छ । बिहानी शोमा अकुपेन्सी पनि राम्रो छैन । बरु अघिल्लो साताबाट प्रदर्शनमा आएको नविन चौहान निर्देशित चलचित्र ‘उनको स्वीटर’को ब्यापार राम्रो देखिएको छ ।
ओपनिङ डेमा प्रमुख मल्टिप्लेक्सहरुमा चलचित्र ‘के घर के डेराः घर नम्बर २’ले १६२ शो र ‘हेलो काँशीराम’ले ४५ शो पाउँदा ‘ऊनको स्वीटर’ले दोस्रो सातामा ११५ शो पाएको छ भने जारले जम्मा ११ शो पाएको छ ।
सामाजिक कथाको चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, खगेन्द्र लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ भने कमेडी जनराको ‘हेलो काँशीराम’मा दिलीप रायमाझी, प्रियङ्का कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
