नेपाली महिला माथीको बृत्तचित्र नियुफमा

पूर्वी नेपालकी एक स्थानीय महिलाले रातो पाण्डाको संरक्षणका लागि गरेका पहलहरू बारेको बृत्तचित्र नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव (नियुफ)मा प्रदर्शन हुनेभएको छ । द फायरफक्स् गार्डियन शीर्षकको वृत्तचित्रले संकटासन्न जीवको सूचीमा रहेको रातो पाण्डाको संरक्षणका लागि पहल बढाउनुपर्ने आवश्यकताको बारेमा उनले कसरी जनचेतना बढाइरहेकी छिन् भन्ने देखाउँछ ।
यो सहित महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र प्रदर्शन गरिने भएको छ । प्रदर्शन गर्न लागिएका सबै चलचित्रहरूले वातावरणको महत्व, जलवायु परिवर्तनले वनस्पति तथा जीव–जनावरहरूका लागि खडा गर्ने चुनौतीहरू तथा प्रकृतिसँग बढी सामञ्जस्य तथा दिगो तरिकाले जीवनयापन गर्नुपर्ने आवश्यकताको बारेमा जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेको जनाइएको छ । अन्य वातावरणीय चलचित्रहरू युरोप तथा भारतको पृष्ठभूमिमा निर्माण गरिएका छन् । ती चलचित्रहरुले उठाएका सवालहरू नेपालको सन्दर्भमा पनि उपयुक्त भएकाले महोत्वसमा समावेश गरिएको जनाइएको छ ।
महोत्सव भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत असोज १ देखि ९ सम्म चल्ने छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal