लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो

लेन्सनेपाल २०७८ भाद्र २६
लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो

नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा हुने भएको छ ।

व्यवसायिक चलचित्र निर्मातालाई प्रोत्साहित गर्न उक्त प्रतिष्पर्धा आयोजना हुन लागेको जनाइएको छ । प्रतियोगिताका लागि कुल १५ चलचित्रहरु प्रतिष्पर्धा गर्दैछन् । प्रतिष्पर्धाका विजेताले ५०० युरो नगद पुरस्कार पाउने छन् ।

महोत्सव भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत असोज १ देखि ९ सम्म चल्ने छ । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले महोत्सव आयोजना गरेको हो ।