‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
चलचित्र ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो साता उत्साहजनक ब्यापार गरेको छ । चलचित्रलाई दर्शकहरुले बलियो प्रतिक्रिया दिइरहदा यसको सकारात्मक प्रभाव ब्यापारमा देखिएको छ ।
सामाजिक सञ्जालहरुमा चलचित्रका गीतसंगीत चर्चित भइरहेका छन् । दर्शकले चलचित्र हेर्दै गर्दा खिचेर पोष्ट्याएका केही क्लिपहरु पनि यतिबेला भाइरहल भइरहेका छन् । जसका कारण चलचित्रको शो संख्या समेत बढेको देखिन्छ । शुक्रबारको ओपनिङमा करिब २०० शो पाएको चलचित्र बुधबार ३५० शो प्रदर्शन भएको वितरकले जनाएका छन् ।
पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको जनाएका हुन् । अधिकांश शो भने हाउसफुल भएका थिए । बुधबार कतिपय हलहरुको ‘डिल डे’ परेका कारण टिकट मुल्यमा भारी गिरावट थियो । ५० प्रतिशत सम्मको छुट दर्शकलेहरुको भरपुर उपयोग गरेको देखियो ।
पहिलो सातामा काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन् । दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ । निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
