युरोपेली तथा नेपाली चलचित्र निर्माण बारे अन्र्तक्रिया

लेन्सनेपाल २०७८ भाद्र २६
युरोपेली तथा नेपाली चलचित्र निर्माण बारे अन्र्तक्रिया

नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा तीनवटा सेसनमा छलफल हुने छ ।

जसअन्र्तगत असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली चलचित्र निर्माणको कलात्मक तथा वित्तीय पक्षहरू बारे अन्तक्र्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा नेपाल तथा युरोपका प्रख्यात चलचित्रकर्मीहरू सहभागी हुने बताइएको छ ।

त्यस्तै असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम हुनेछ । नेपाल तथा युरोपका प्रख्यात चलचित्र निर्देशक तथा चलचित्र महोत्सव आयोजकहरू सहभागी हुने उक्त कार्यक्रममा चलचित्र निर्माणका विभिन्न पाटाहरू तथा हालको समयमा चलचित्र उद्योगमा महिलाहरूको अवस्था कस्तो छ भन्ने बारेमा छलफल गरिने छ ।

यस्तै उक्त शृंखलाको तेस्रो कार्यक्रम हरित चलचित्र निर्माण विषयमा अन्तक्र्रिया गरिने छ । यो अन्र्तक्रियामा डा. एलबर्टो बाट्टोचीले सहजीकरण गर्नेछिन । यो कार्यक्रम असोज ८ गते दिउँसो २ बजे हुनेछ ।