पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुङ्गाना र उप्रेतीलाई ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’
अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहिबार राजधानीमा आयोजित भब्य समारोहका बिच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५,०००।– र पत्रकारिता पुरस्कारमा १०,०००।– राशी समावेश छ ।
महनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन् ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा १०,०००।– राशीको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।
यस्तै अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । साथै संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ–आफ्नो शिल्पद्वारा आ–आफ्नो बिधामा रचनात्मक योगदान दिदै आएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाँउदा गर्वको अनुभूति गरेको जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको जनाए । उनले आफूले पनि ‘हरितारा चलचित्र पुरस्कार’ प्राप्त गरिसकेको जनाउँदै यो पुरस्कार आफ्ना लागि सदैव विशेष महत्वको भएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अभिनेत्री बुसन्धरा भुषाल र पुरस्कृत ब्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।
पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए । मायाङ्का राणा सिरोइयाको सभापतिव्वमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ अभिनेत्री चैत्य देवी, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, बरिष्ठ गायिका देविका बन्दना, कलाकार संघका पूर्व अध्यक्ष रबिन्द्र खड्कालगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी र चलचित्रकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । देवेन्द्र पाण्डेको संयोजनमा भएको कार्यक्रमलाई माधवराज खरेलले सहजीकरण गरेका थिए ।
तस्विरः बद्री थापा
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
