‘ऊनको स्वीटर’को पहिलो साताको ब्यापार ५ करोड ७५ लाख
चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा उक्त कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
वर्ष २०८२ को पहिलो हिट चलचित्रका रुमा आफूलाई उभ्याएको ‘ऊनको स्वीटर’लाई दर्शकबाट बलियो प्रतिक्रिया मिलेको छ । आजबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रले प्रमुख मल्टिप्लेक्सहरुमा ११५ शो पाएको छ भने सिङ्गल थियटर जोड्दा करिब १५० शो हुन आउने जनाइएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
