छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री

१६ औँ छायाँंछवी डि सिने अवार्डमा अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारी सर्वोत्कृष्ट घोषित भएका छन् । सौगात चलचित्र ‘अगत्स्य’बाट सर्वोत्कृट अभिनेता र केकी चलचित्र ‘प्रसाद २’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
छायाँछवी क्रियशनद्धारा बुधबार कीर्तीपुर स्थित कीर्तीपुर सिनेप्लेस हलमा आयोजित अवार्ड समारोहमा २१ बिधासहित इन्करेजमेन्ट अवार्ड र जुरी अवार्ड समेत प्रदान गरिएको थियो । समारोहमा कलाकारद्वय दीपकराज गिरी र रेजिना उप्रेतीलाई छायाँछवी रजत सम्मान र चलचित्र पत्रकार गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो । अधिकारीले १५ हजार ५ सया ५५ नगद सहित यो पुरस्कार प्राप्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथी रहेको अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड बुलाकी, सर्वाेत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब), सर्वाेत्कृष्ट अभिनेता: सौगात मल्ल (अगस्त्य), सर्वाेत्कृष्ट अभिनेत्री: केकी अधिकारी (प्रसाद–२), सर्वाेत्कृष्ट सह–अभिनेता: नाजीर हुसेन (अगस्त्य), सर्वाेत्कृष्ट सह–अभिनेत्री: पूजा शर्मा (उपहार), सर्वाेत्कृष्ट खलपात्र: शिशिर वाङदेल (नाङ्गो गाउँ), सर्वाेत्कृष्ट नव निर्देशक: उपेन्द्र सुब्बा (जारी), उत्कृष्ट नव अभिनेता: रितेश चाम्स (गोर्खा वारियर), सर्वाेत्कृष्ट नव अभिनेत्री: शान्ति वाइबा (नीरफूल), सर्वाेत्कृष्ट छायांकार: शिव ढकाल (बुलाकी), सर्वाेत्कृष्ट सम्पादक: विपिन मल्ल/भूपेन्द्र अधिकारी (ऐँचो पैँचो), सर्वाेत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी), सर्वाेत्कृष्ट द्धन्द निर्देशक: श्रीश्रेष्ठ, सर्वाेत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज (ऐँचो पैँचो), सर्वाेत्कृष्ट संगीत: अर्जुन पोखरेल (कहिले बार बिर्सिन्छु – उपहार), सर्वाेत्कृष्ट पाश्र्व गायक: करण परियार (रातले कुर्र्या चन्द्रमा– बुलाकी), सर्वाेत्कृष्ट पाश्र्व गायिका: दुर्गा खरेल (तिमी बदनामी – नीरफूल), सर्वाेत्कृष्ट गीतकार: हर्क साउद(रीत – जारी), सर्वाेत्कृष्ट पाश्र्व सङ्गीत: शाश्वत श्रेष्ठ (उपहार) र सर्वाेत्कृष्ट ध्वनि मिश्रण: सञ्जय श्रेष्ठ (उपहार) ले प्राप्त गरे ।
कार्यक्रममा उत्कृष्ट अभिनेता जुरी अवार्ड चलचित्र ‘बुलाकी’बाट विराज विष्टले प्राप्त गर्दा उत्कृष्ट नृत्य निर्देशक जुरी लिगेश भट्टराईले चलचित्र ‘टुल्की’बाट प्राप्त गरे । अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र काँडेतार बन्यो ।
कार्यक्रममा अभिनेत्री बसुन्धरा भुषाल, चैतेदेवी, गायिका देवीका बन्दना, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनलगायतका चलचित्रकर्मी उपस्थित थिए ।
राम्रा भन्दा राम्रा फिल्म बनुन् भन्ने उद्देश्यले चलचित्र र चलचित्रका सर्जकहरू प्रोत्साहित गर्न अवार्ड नियमित आयोजना हुँदै आएको छायाँछवि क्रियसनका अध्यक्ष शान्ती प्रियले बताए ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal