अमेरिकाको १० राज्यमा ‘कमेडी दरबार इन अमेरिका’ हुने
अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो ।
शनिबार आर्यन फिल्म्स प्रोडक्सन प्रालि र ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियो बिच यसबारे औपचारिक सम्झौता सम्झौता भएको छ । आर्यन फिल्म्सको तर्फबाट सीईओ गोपाल कटुवाल र शो निर्माण पक्षबाट निर्देशक समेत रहेकी श्रद्धा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
‘सेप्टेम्बर अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ आयोजना हुनेछ । निर्देशक प्रसाईँले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन् ।
आर्यन फिल्म्सका अध्यक्ष रमेश एमके पौडेलले अमेरिकाका १० राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना रहेको जनाए । उनका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा कार्यक्रम आयोजना हुनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
