‘लालीबजार’ बनाउँदै षट्कोण आर्टस
चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरिएको छ । षट्कोण आर्टसको ब्यानरमा निर्माण हुने चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहने छ ।
सार्वजनिक थिम पोस्टरमा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माता र प्रदीप भट्टराई कार्यकारी निर्माता रहने उल्लेख छ । प्रदीप ‘जात्रा’ श्रृखलाका निर्देशक समेत हुन् ।
थिम पोष्टरले कुनै द्धन्द्ध वा कथा लुकेको संकेत गर्दछ । पोष्टरमा एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहितको गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपिस्टक ठाडो अवस्थामा छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
