मुन्द्रेले सार्वजनिक गरे गाईजात्रा सामग्री ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

२०८२ श्रावन १५
मुन्द्रेले सार्वजनिक गरे गाईजात्रा सामग्री ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

‘गाईजात्रा’लाई लक्षित गर्दै हास्य कलाकार तथा अभिनेता जितु नेपालले ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् । 

मुन्द्रेले यसवर्ष फरक फरक ४ भागमा गाईजात्रे कोसेली सार्वजनिक गर्ने जनाएका छन् । पहिलो भागमा उनले व्यर्थ मन्त्रीको बजेट भाषण शिर्षकमा ‘गाईजात्रे बजेट भाषण’ सार्वजनिक गरेका हुन् ।

‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवन भित्रको सभामुख र मन्त्रीको संवाद मार्फत संसद् भवन भित्रको गतिविधिमा ब्याङ्ग्य गरिएको छ । आफ्नो ‘गाईजात्रे कमेडी’ ४ भागमा आउने र प्रत्येक भाग ४–४ दिनको फरकमा सार्वजनिक हुने नेपालले बताए ।

‘यो पटक राजनीति छोडेर संन्यास लिने नेताहरू पनि देखिनेछन्’, नेपालले भने – ‘अर्को माता जस्तै महाराज तिर, मन्त्रीको हरिबिजोग र गरुण पुराण पनि प्रहसनका विषय छन् ।’ गाईजात्रा हास्यब्याङ्ग्यको पर्व भएको कारण यसलाई जोगाई राख्न पनि आफूले कमेडी प्रस्तुति बनाएको नेपालको भनाई छ ।