कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ बनाउने

२०८२ श्रावन १३
कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ बनाउने

कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने भएको छ । सोमबारको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

विक्की अग्रवाल र श्रद्दा प्रसाईँको संयुक्त निर्देशन रहने चलचित्रमा गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । त्यस्तै, कमेडी दरबारका कलाकारहरु मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायतको पनि अभिनय रहने जनाइएको छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रको कन्सेप्ट सुमन अग्रवालको रहेको छ । विक्की अग्रवालको पटकथा रहने चलचित्रको सम्वाद लेखन भने विक्की सहित बिकाश अर्याल र सरोज भण्डारीले संयुक्त रुपमा गरेका छन् ।

श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा रहने चलचित्रको छायाँकन सुदिप बरालले गर्नेछन् । चलचित्रको नेपाल वितरण श्री वेंकेटेश, अन्तर्राष्ट्रिय वितरण सेवन सिज र डिजिटल वितरण अधिकार ओएसआर डिजिटलले लिने जनाइएको छ । 

निर्देशकमा डेब्यु गर्दै गरेका विक्कीले दशैंको भोलीपल्टबाट छायाँकन शुरु हुने जनाएका छन् ।