सकियो चलचित्र ‘शिवांशः च्याप्टर १’को छायाङ्कन
चलचित्र ‘शिवांशः च्याप्टर १’को छायाङ्कन सकिएको छ । ३६ औँ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको जनाइएको छ । पोखराको पामेमा ‘उकुस मुकुस’ बोलको गीतको छायाङ्कनसँगै चलचित्रको इण्डक्ल्याप गरिएको हो ।
सन्तोष आत्रेयको निर्देशन रहेको चलचित्रमा तेज गिरी, विमला लिम्बु, प्रवीण खतिवडा, रुशा न्यौपाने, विकास जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।
अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निर्माण भएको चलचित्रका निर्माता अन्जन केसी हुन्, भने कथा पनि उनैले लेखेका हुन् ।चलचित्रको सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी रहेकी छन् ।
चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व, शरद महतोले गरेको छायाँकन र विक्रम चौहानको नृत्यनिर्देशन रहेको छ । चलचित्र असोज २४ मा प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
