निर्देशक साने भन्छन् - ‘सिटामोल’ बिम्वात्मक नाम हो

२०८२ श्रावन १४
निर्देशक साने भन्छन् - ‘सिटामोल’ बिम्वात्मक नाम हो

राज बहादुर साने, जसले ९ वटा चलचित्र निर्देशन गरेका छन् । आफ्ना चलचित्रको कथा प्रायः उनी आफै लेख्छन् । उनी निर्देशित ८ वटा चलचित्र त प्रदर्शन भइसके । नवौं चलचित्र ‘सिटामोल’ यही साउन २३ गतेदेखि प्रदर्शन हुँदैछ ।

निर्देशकका रुपमा सफलता नपाए पनि लेखकका रुपमा भने उनले नेशनल अवार्ड नै जितेका छन् । गत वर्ष चलचित्र ‘बुलाकी’बाट नेशनल अवार्ड जितेका साने यसपल्ट आफ्नै लेखन निर्देशन सहित ‘सिटामोल’ लिएर दर्शक माझ आउँदैछन् ।

सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्रले आम मानिसको कथा भन्ने उनकाृे भनाई छ । कणालीको परिवेशमा उनले कथा भनेका छन् । कर्णाली क्षेत्रको गरिबी बेच्न नभई त्यहाँ व्याप्त समस्याहरूको समाधान खोज्न चलचित्र निर्माण भएको उनी बताउँछन् । त्यसो त चलचित्रको कथाले जुनसुकै भुगोलका दर्शकलाई प्रतिनिधित्व गर्ने उनको जिकिर छ । 

कार्णाली आफ्नै जन्मस्थल भएकोले त्यो परिवेशमा चलचित्र भन्दा पात्र र परिवेशलाई वास्तविक बनाउन सजिले भएको सानेको भनाई छ । उनी आज भन्दा धेरै वर्ष पहिला आफुले यो चलचित्रको कथा तयार पारेको बताउँछन् । ट्रेलर रिलिज पछि दर्शकबाट प्राप्त प्रतिक्रियाले उनी थप उत्साहित छन् । उनी निर्देशकका रुपमा आफुले पूर्ण इमान्दारी पूर्वक कथा भनेको जिकिर गर्छन । चलचित्रले कर्णालीको मात्र नभएर देशकै कथा भन्ने भन्दै उनी चलचित्रको नाम ‘सिटामोल’ विम्वात्मक रुपमा राखिएको बताउँछन् ।