
लक्ष्मी अभिनित पञ्जाबी भिडियो सार्वजनिक

केही दिन अघि मात्र भारतमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी नेपाली अभिनेत्री लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘अम्ब्रान दे कागज’ बोलको गीतमा तरुण ऋषिको स्वर, कुलवन्त गरैयाको शब्द र तरुण ऋषिकै संगीत रहेको छ । मयुरेश वाड्कर र राज बैकरको कोरीयोग्राफी रहेको भिडियोलाई सन्नी नागराले निर्देशन गरेका हुन् । रञ्जीत सिंह निर्माता रहेको भिडियोमा लक्ष्मी र मानव यादबको अभिनय रहेको छ ।
लक्ष्मीले पछिल्लो समय मुम्बईमा रहेर मोड्लिङ तथा अभिनयलाई अघि बढाइरहेकी छिन । यसअघि उनी अभिनित ‘अगली डफा’ र ‘तु रहने दे’ बोलका दुई म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । लक्ष्मीले मुम्बइमा आयोजित पनास इमेज अवार्डमा गत वर्ष मोडल आइकन अवार्ड र यस वर्ष सोही अवार्डमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड समेत हात पारेकी छिन ।
Do Watch Laxmi Basnet's Featured Movie
Know more about Laxmi Basnet's Filmography
नेपालमा रहदा शो टपरका रुपमा चर्चित लक्ष्मीले थुप्रै फेशन शो र मोडलका रुपमा थुप्रै बिज्ञापनहरुमा काम गरेकी छिन । सन् २०१३ को चलचित्र ‘जलजला’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी लक्ष्मीले त्यसपछि ‘छ एकान छ’ र ‘मन्दीरा’मा काम गरेकी छिन ।
Latest Updates
New Releases (Chaitra 27)
-
Lappan Chhappan 2
Director : Mukunda Bhatta
Casts : Saugat Malla, Arpan Thapa, Anoop Bikram Shahi, Shiva Shrestha, Gobinda Shahi -
Man Sanga Man
Director : Kailash Rai
Casts : Puspa Khadka, Barsha Shiwakoti, Buddhi Tamang -
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam