‘जनै हराएको मान्छे’को गीत ‘आमा’ सार्वजनिक

२०८२ जेष्ठ २१
‘जनै हराएको मान्छे’को गीत ‘आमा’ सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’मा समावेश ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा उनलाई मनिषा सुनारले साथ दिएकी छिन ।

चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म गीतमा देखाइएको छ । भिडियोमा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।

हिमाल न्यौपानेको निर्देशन रहेको चलचित्र भदौ ६ गते रिलिज हुने जनाइएको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्ने जनाइएको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।