प्रिमियर चलचित्रकर्मीले रुचाए ‘जन्ते बाख्रो’
चलचित्र ‘जन्ते बाख्रो’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रया मिलेको छ । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा चलचित्र हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक चलचित्र रहेको प्रतिक्रिया दिए ।
आगामी शुक्रबारदेखि प्रदर्शन हुने चलचित्रको पिमियरमा थुप्रै चलचित्रकर्मीहरु पुगेका थिए । सिमोस सुनुवार निर्देशित चलचित्र हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् । उनले चलचित्र हेरेर आफु निकै हाँसेको बताइन । यस्तै अभिनेता संजोग कोइरालाले चलचित्र हेर्दा मनोरञ्जन मिल्ने जनाए । उनले चलचित्रले मनोरञ्जनसँगै नयाँ पुस्ताका लागि परम्पराको जानकारी समेत दिने बताए ।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले चलचित्र निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । चलचित्र हेरेर निस्किँदा पटथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।
यस्तै गायक महेश काफ्लेले चलचित्रले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । उनले चलचित्रको कथा सरर बगेको भन्दै लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँने प्रतिक्रिया दिए ।
निम्तालु चलचित्रकर्मी र सञ्चारकर्मीबाट सुखद प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन । पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने जनाइन ।
अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले चलचित्र राम्रो बनेको बताए । उनले चलचित्र पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा इन्जोय गरेको प्रतिक्रिया दिए ।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । उनले प्रिमियरमा जस्तै प्रतिक्रिया दर्शकबाट पनि प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।
सन्तोष गौतमको निर्माण रहेको चलचित्रमा सौगात, गरिमा, आसिफ र लोकेन्द्र सहित, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतको अभिनय छ । चलचित्रको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
