भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
डिजिटल सिनेमा नेपाल (डीसीएन)ले भर्चुअल प्रिन्ट कस्ट (भीपीसी) चार्जमा २५ प्रतिशत शुल्क घटाउने भएको छ । चलचित्र निर्माता संघ र डीसीएन बिच बुधबार भएको वार्तामा चलचित्र रिलिज गर्दा डीसीएनले लिने सर्वर चार्ज अर्थात केडीएममा निर्मातालाई यस्तो छुट दिने भएको हो । यो सम्झौता साउन मसान्तदेखि लागु हुने जनाइएको छ ।
सहमति पत्रमा निर्माता सङ्घका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् । यो निर्णय नेपाली चलचित्रको हकमा मात्र लागु हुनेछ । ‘निर्माताले लामो समयदेखि उठाउँदै आएको कुरा आज पूरा भएको छ,’ निर्माता सङ्घका अध्यक्ष नबल खड्काले भने, ‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन भयो ।’
आजको निर्णयले निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काले बताए । शुल्क घटाउन निर्माता सङ्घले उदय सुब्बाको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको थियो । जसमा खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेतलगायत सदस्य थिए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
