‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
निर्माणाधिन चलचित्र ‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने भएको छ । निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग अनुमति लिएको छ ।
सुशिल पोखरेलको निमार्णमा बन्न लागेको चलचित्र ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो । चार दशक अघि निर्माण भएको ‘परालकै आगो’को गीतलाई नयाँ चलचित्रमा पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए ।
शान्ति ठटालको संगीत रहेको गीतमा मनबहादुर मुखियाको शब्द र स्व।अरुणा लामाको स्वर रहेको छ । चलचित्रका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी गीतका लागि अनुमती लिइएको निर्माता पोखरेलले बताए । उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित ‘परालको आगो’मा जितु नेपाल, प्रकाश सपुत र सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको चलचित्र दशैंमा रिलिज हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
