मुम्बईमा लक्ष्मीले पाइन डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड
नेपाली अभिनेत्री लक्ष्मी बस्नेतले इण्डियामा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी छिन । मुम्बईमा आयोजित पनास इमेज अवार्डमा लक्ष्मीले ‘तु रहने दे’ बोलको गीतबाट उक्त अवार्ड हात पारेकी हुन् ।
अमिनको शब्द, आयाज हल हरुनको संगीत र आयाज उल हरुनको स्वर रहेको उक्त गीत हालै सार्वजनिक भएको हो । गीतमा लक्ष्मीसँगै मानव यादव र राज बैकको अभिनय रहेको छ । आर स्वामीको निर्देशन रहेको भिडियोमा मयूरेश वाड्करले कोरियोग्राफी रहेको छ । भिडियोका निर्माता रञ्जित सिंह हुन् ।
यसैबीच अभिनेत्री बस्नेतले अभिनय गरेको नयाँ हिन्दी गीतको अडियो भर्सन पनि सार्वजनिक भएको छ । उक्त गीतको भिडियो केही महिनापछि सार्वजनिक हुने जनाइएको छ । पनास इमेज अवार्डमै उक्त गीत सार्वजनिक गरिएको हो । अभिनेत्री बस्नेत तथा नेपाली मोडल सुवर्ण खड्काले उक्त गीतमा ¥याम्पमा आकर्षक प्रस्तुति दिएर अडियो सार्वजनिक गरिएको हो ।
मुम्बईमा बसेर फेसन शो र म्युजिक भिडियोमा काम गरिरहेकी लक्ष्मीले गत वर्ष पनास इमेज अवार्डमा मोडल आइकन अवार्ड हात पारेकी थिइन ।
Do Watch Laxmi Basnet's Featured Movie
Know more about Laxmi Basnet's Filmography
पछिल्लो समय मुम्बईमा रहेर मोड्लिङ तथा अभिनयलाई अघि बढाइरहेकी अभिनेत्री लक्ष्मी अभिनित ‘अगली डफा’ बोलको हिन्दी गीतको भिडियो गत वर्ष सार्वजनिक भएको थियो ।
नेपालमा रहदा शो टपरका रुपमा चर्चित लक्ष्मीले थुप्रै फेशन शो र मोडलका रुपमा थुप्रै बिज्ञापनहरुमा काम गरेकी छिन । सन् २०१३ को चलचित्र ‘जलजला’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी लक्ष्मीले त्यसपछि ‘छ एकान छ’ र ‘मन्दीरा’मा काम गरेकी छिन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


