पोस्टर सार्वजनिक गर्दै ‘अभिमन्यु’को सय दिने काउन्ट–डाउन
चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरिएको छ । आजबाट चलचित्रको सयदिने काउन्ट–डाउन सुरु भएको हो ।
चलचित्र रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ । सार्वजनिक पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप बुझ्न सकिन्छ ।
चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । सुशान्त गौतमको निर्देशन रहेको चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्यूसर रहेको चलचित्रमा शरद महतोको डिओपी र मदन घिमिरेको सम्पादन रहेको छ । चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
