‘आ बाट आमा’ बनाउँदै चन्द्र

२०८२ जेष्ठ ५
‘आ बाट आमा’ बनाउँदै चन्द्र

निर्देशक चन्द्र पन्तले चलचित्र ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् । उनले चलचित्र प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन् ।

सार्वजनिक गरिएको पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ । 

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने चलचित्रको छायांकन आगामी भदौबाट हुनेछ । चलचित्रको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन । चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तका अनुसार अहिले चलचित्रको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो । केहि दिनमा कलाकारका साथै प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ। 

निर्देशक चन्द्रले यसअघि एक्सन जनराको चलचित्र ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन् ।