‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन हिमालय टिभीमा

इन्टरनेशनल फ्रेन्चाइज शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को औपचारिक घोषणा गरिएको छ । गत वर्ष सम्पन्न पहिलो सिजन कान्तिपुर टिभी र डिसहोम रमाइलो टिभीबाट प्रसारण गरेको एनसी मिडियाले यसपटक भने हिमालय टिभीबाट कार्यक्रम प्रशारण गर्ने भएको छ ।
हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिष्पर्धीले सहभागिता जनाएको राजधानीमा आयोजित कार्यक्रमका बिच जानकारी दिइएको छ । अब बन्नेछ आबाज नै पहिचान भन्ने स्लोगान सहित शुरु भएको द भ्वाइस अफ नेपालको सिजन २ का लागि पनि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसनमा सहभागीता जनाउन सकिने छ । यस्तै फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने आयोजकले बताएका छन् । अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालको समेत उपयोग गरिएको शो निर्देशक लक्ष्मण पौडेलले जनाएका छन् । निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्ने बताए । भाइबरमा आफ्नो आवाज रेकर्ड गरी ९८२३६१४१८५ मा पठाउन सकिने छ भने सिधै कल गरेर रेकर्ड पनि गराउन सकिनेछ ।
डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सम्म तोकिएको छ भने आउँदो असारबाट कार्यक्रम प्रशारण हुने कार्यकारी निर्माता शुशिल नेपालले जनाएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal