
सलिनमानलाई छोडेर सुहानाले किन रोजिन अनमोल ?

अभिनेत्री सुहाना थापा अभिनयमा आउनु अघि होम प्रोडक्सनको चलचित्र ‘ए मेरो हजुर २’ निर्माणमा संलग्न थिइन । नायिका झरना थापाले चलचित्र निर्देशन गर्ने कुरा तय भएपछि केही स्थापित नायकहरुसँग कुरा चल्यो । तर, कुरा गरेका नायकहरुले झरनालाई पत्याएनन् !
अनि शुरु भयो नयाँ हिरोको खोजी । नयाँ हिरो खोज्दै जाँदा भेटिए सलिनमान बनियाँ । ‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले । शुरुमा चलचित्र मेकिङ्गमा मात्र सिमित हुने सोच बनाएकी सुहाना जब चलचित्र खेलिन तब भने उनले हिरो परिवर्तन गरिन । अर्थात आफैले ‘ए मेरो हजुर २’ मा खोजेर ल्याएको हिरोलाई छोडेर उनले डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसीसँग स्कृन सेयर गरिन । त्यसपछि ‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाकै जोडी रिपिट भयो । जुन जोडीलाई दर्शकहरुले रुचाएका पनि छन् ।
सलिन र अनमोल दुबै नायकहरु लभ स्टोरीमा फिट देखिन्छन् । पहिलो चलचित्रबाट नै सलिनले पनि आफ्नो स्टारडम क्रियट गरेका थिए । उनको डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ बक्स अफिसमा पनि सफल भएको थियो । ‘ए मेरो हजुर ३’ पनि लभस्टोरी नै हो । यो चलचित्रका लागि पनि सलिन फिट नहुने थिएनन् । तर, आफैले खाजेको हिरो छोडेर सुहानाले आफु अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ का लागि अनमोललाई रोजिन ? आखिर किन सुहानाले आफैले खोजेको हिरोसँग स्कृन सेयर नगरेर अनमोल रोजिन त ? हामीले यही प्रश्न सुहानासँग गरेका छौं । उनले भने टिममा काम गर्दा एक जनाको मात्र डिसिजन नहुने भन्दै टिमको सल्लाह मै अनमोल भित्रिएको बताइन । अझ उनले त वितरकहरुको सल्लाह बमोजिम अनमोल राखिएको पनि जनाएकी छिन । चलचित्रमा वितरकहरुको पनि इन्भेष्ट रहेको र उनीले पनि केही कुरामा सल्लाह दिएको उनको भनाई छ । अनमोललाई लिने कुरा पनि वितरककै सल्लाह भएको उनको भनाई छ ।
त्यसो त चलचित्रका लागि कलाकारको छनौट उल्लेखित क्यारेक्टरका आधारमै हुने हो । उक्त पात्रलाई न्याय गर्न सक्ने कलाकार नै निर्देशकले आफ्नो चलचित्रमा लिने गर्छन । तर, कलाकार छनौटमा वितरक हाबी हुनु राम्रो हो र ?


Latest Updates
-
चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक
-
-
-
-
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
-
New Releases (Baishak 23)
-
Lakka Jawan
Director : Shiva Hari Poudel
Casts : Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Shiwakoti, Kiran K.C. -
Shatkon
Director : Milan De Kapri
Casts : Mahesh Shakya (Karma), Lokendra Lekhak, Bholaraj Sapkota, Suyasha Adhikari, Biraj Kadariya
Next Releases (Jestha 6)
-
Life in LA
Director : Surya N. Shrestha
Casts : Akesha Bista, Bash Bissu, Shilpa Maskey, Gaurav Pahari, Buddhi Tamang