अनमोल राजेशको समकालिन ! राजेश र भुवनको एउटै स्वर – हाम्रो प्रतिष्पर्धा छैन

चलचित्र बजारमा राजेश हमाल र भुवन केसीको सम्बन्धलाई लिएर निकै चर्चा हुने गरेको छ । राजेश हमाल मौन जस्तै बसेपनि भुवन केसीले बेला बेला दिने स्टेटमेण्टका कारण यिनिहरुको तित्तताबारे चर्चा हुने गथ्यो । तर, सोमबार को बन्छ करोडपतिको सेटबाट यि दुई अभिनेताले आफुहरु बिच कुनै प्रतिष्पर्धा नरहेको स्पष्ट पार्ने प्रयास गरेका छन् ।
राजेश हमालले सञ्चालन गर्ने इन्टरनेशनल फ्रेन्चाइज को बन्छ करोडपति (केबिसी)मा भुवन केसी छोरा अभिनेता अनमोल केसी र अभिनेत्री निरुता सिंहका साथ पुगेका थिए । शुक्रबार बाट प्रदर्शन हुने चलचित्र ‘क्याप्टेन’को प्रमोसनका लागि केबिसी पुगेका कलाकारहरु हट सिटमा बसेर गेम खेलेपछि संयुक्त रुपमा सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए । त्यही मेसोमा उनीहरुले आफुहरु एकअर्काको शुभचिन्तक भएको बिश्वास दिलाउने कोसिस गरे ।
भुवनले निर्माण गरेको चलचित्र ‘सुपरस्टार’मा राजेशलाई अफर गरिएको भएपनि उनले काम गरेका थिएनन् । त्यहीबाट भुवन राजेशसँग असन्तुष्ट रहँदै आएको बताइन्छ । राजेशलाई माहानायक भन्दा भुवनले त्यसमा असन्तुष्टि जनाउनु, ‘महानायक’को सट्टा ‘बिजीस्टार’को उपमा मात्र उपयुक्त हुन्छ भन्नु, राजेशले चलचित्र ‘शकुन्तला’मा काम गर्नु आफ्नो गल्ति भन्दै सार्वजनिक रुपमा बताइरहेका बेला त्यही भुमिका आफुलाई गर्न लोभ लागेको भन्दै भुवनले व्यङ्य गर्नु जस्ता कुराहरुले पनि यि दुईबिच तित्तता रहेको प्रष्ट हुन्थ्यो । यद्यपी यि दुईले अहिले भने एकै स्वरमा आफुहरुको बिचमा कुनै पनि दिन प्रतिष्पर्धा नरहेको स्पष्ट पारेका छन् ।
सञ्चाकर्मीहरुको प्रश्नमा पहिला राजेशले आफुहरु बिच कहिल्यै पनि प्रतिष्पर्धा नभएको बताए । उनले भुवन जीसँग के को कम्पीटिसन् ? भन्दै गर्दा भुवनले हो मा हो मिलाउँदै भने – ‘त्यही त अचम्म लाग्छ । हामीमा कहिल्यै पनि त्यस्तो भाव नै आएन ।’ फेरी राजेशले हाम्रो चलचित्र क्षेत्र जतिसुकै सानो भएपनि सबैजना अटाउने बताउँदै भुवनले आफ्नै तरिकाले अनि आफुले आफ्नै तरिकाले काम गरेको जनाए । राजेशले भुवनले आफ्नै शैलीमा चलचित्र निर्माण र अभिनय गरिरहदा आफु आफ्नो तरिकाले भ्याइ नभ्यार्ई काम गररहे स्मरण गरे । २०–२२ वर्ष आफुले भ्याइ नभ्याइ काम गरेको र त्यो समय भुवनले पनि जे गरिरहेका थिए त्यसमा खुशी भएकोले प्रतिष्पर्धा भन्ने नभएको जनाए ।
केबीसीमा क्याप्टेन टिमको उपस्थितिले रौनकता भरेको बताउँदै राजेशले उनीहरुको प्रस्तुतिले रमाइलो भएको समेत बताए । बाबु छोराको जोडी हट सिटमा बसेको र निरुताले पछाडीबाट हौसला थप्ने काम गरेको जानकारी दिदै राजेशले राम्रोसँग गेम खेलेको र पुरस्कार समेत जितेको बताए । हमालले बाबु छोराको जोडी दमदार रहेको भन्दै नगद समेत जितेको बताइरहदा अनमोलले उक्त रकम खोल्न नमिल्ने जनाए । अनमोलले त्यसका लागि केबिसी नै हर्न आग्रह गर्दा राजेशले स्मार्ट व्याय भन्दै अनमोलको प्रसंसा समेत गरे । यता भुवन केसीले भने राजेशको अघि बसेर केबिसी खेल्दा एसएलसी दिन बसेको बिद्याथी जस्तो महशुस भएको जनाए । यस्तै निरुताले पनि आफुलाई बच्चाहरुलाई परिक्षा दिन पठाएको जस्तो फिल भएको बताइन । समकालिन कलाकारसँग गेम खेल्दाको अनुभव सोध्दा भने राजेशले ठट्यौली जवाफ दिए । उनले आफ्नो समकालिन अनमोल मात्र भएको भन्दै गर्दा निकै हाँसो गुञ्जियो ।
शोभित बस्नेत निर्देशित चलचित्र ‘राजु राजा राम’ र ‘चोर सिपाही’मा यि दुई अभिनेताले एकसाथ काम गरेका थिए । त्यसपछि भने तेस्रो चलचित्रको संयोग जुरेको छैन । तेस्रो चलचित्रको सम्भावनाबारे गरिएको जिज्ञासामा दुबै अभिनेता ठट्यौली शैलीमा प्रस्तुत भए । राजेशले अब एउटा चलचित्रमा अनमोल र आफु छोराको भुमिकामा देखिने भन्दै भुवनलाई बुबाको रोल गर्न अफर गरे । भुवन पनि के कम हामीले प्लान गर्दैछौं भन्न भ्याए । उनले राजेशलाई जेठो र अनमोललाई कान्छो छोराका रुपमा प्लान गर्दै गरेको भन्न नपाउँदै राजेशले अनमोललाई देखाँउदै भने होइन म त उहाँ भन्दा दुई वर्ष कान्छो हुँ ।
यता राजेशलाई छोरा भन्दै भुवनले नाति÷नातिनि खेलाउने रहर समेत व्यक्त गरे । जवाफमा राजेशले भने – ‘भुवन बुबा नातिको लागि म भरपुर प्रयास गरिराछु । समय खेर फालेको छैन ।’ भुवनले फेरी थपे अनमोल जस्तै उसको पनि बच्चा होस् र चाँडै हिरो होस् भन्ने मेरो चाहना छ ।
त्यसो त राजेशले अहिले सम्म आफुले अनमोलको कुनै पनि चलचित्र हेर्न नपाएको बताए । उनले क्याप्टेनको प्रोमो पनि हेर्न नपाएको तर, चलचित्रलाई लिएर उत्साहित भएको बताए । क्याप्टेन टिमलाई राजेशले शुभकामना दिए भने भुवनले प्रिमियरमा सहभागि हुन निम्ता दिए ।
स्पोर्टस् जनाराको चलचित्र क्याप्टेन शुक्रबारबाट प्रदर्शन हुँदैछ । चलचित्रमा अनमोलका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal