प्रमोदको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक

२०८० मंसिर १०
प्रमोदको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र सुवास कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

समीप निरौलाको निर्देशन रहेको भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । भिडियोमा समीपसँगै सिर्जना कोइराला र सुबास शाह फिचर्ड छन् । भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Mahajatra