डा. बिनु बाबा अर्यालको गीत ‘मुटु भित्रै’ सार्वजनिक

डा. बिनु बाबा अर्यालको शब्द तथा योगेन्द्र उपाध्यायको संगीत रहेको गीत ‘मुटु भित्रै’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको अडियोमा रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
कार्यक्रममा संगीत उत्पादक संघ नेपालका अध्यक्ष सुर्य एक्चै मगर, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ गायक जगदिश समाल, गीतकार अर्याल, संगीतकार उपाध्याय र गायिका बस्नेतले गीतको अडियो र भिडियो सार्वजनिक गरेका हुन् । संगीतकार उपाध्यायकै निर्देशन रहेको गीतको भिडियोमा गायक गायिका नै फिचर्ड छन् भने निरज भुषालको छायाँकन र पुरुषोत्तम कँडेलको सम्पादन रहेको छ ।
कार्यक्रममा बोल्दै गायक समालले संगीतकार उपाध्यायको सृजनाको प्रसंसा गरे । उपाध्यायले स्तरिय संगीत सृजना गर्दै आएको भन्दै उनले कतिपय गीतहरु आफुलाई समेत लोभलाग्दा रहेको बताए । उनले गीतकार डा. अर्यालका शब्द निकै स्तरिय रहेको समेत जनाए । यस्तै संगीत उत्पादक संघ नेपालका अध्यक्ष मगरले उपाध्याय र डा. अर्याल जस्तै सक्रिय संगीतकर्मीका कारण नेपाली संगीत क्षेत्र चलायमान रहेको बताए । उनले संगीतमा माष्टर गरेका योगेन्द्रको श्रृजनाले नेपाली संगीतको श्रीबृद्धिमा समेत भूमिका खेल्ने विश्वास लिए । यस्तै चलचित्र पत्रकार संघका उपाध्यक्ष गिरीले उपाध्यायका अन्य सृजना जस्तै यो गीत पनि उत्कृष्ट रहेको बताए । उनले गीत समिक्षात्मक रुपमा राम्रो रहेको भन्दै ब्यवसायिक रुपमा पनि सफल हुने विश्वास लिए । कार्यक्रममा संगीतकार उपाध्यायले गीतको बारेमा प्रकाश पारेका थिए ।
भ्वाइस अफ नेपाल सिजन ५ बाट चर्चामा आएको रोजिना र प्रशान्तको जोडीको युगल गायनको समेत अतिथीहरुले प्रसंसा गरेका छन् । उनीहरुले दुबै कलाकारको गायकीको तारिफ गरे । कार्यक्रममा गायिका बस्नेतले आफुले राम्रो संगीतमा स्वर दिन पाएको भन्दै दर्शकको माया पनि पाउने अपेक्षा गरिन । यस्तै गीतकार अर्यालले योगेन्द्रको संगीतमा नेपाली पनको आभाष रहने भएकोले पनि आफ्नो पहिलो रोजाई उनै हुने गरेको बताइन ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi