Mansara

एभरेष्ट सूर्य बोहरा भन्छन् – ‘हेल्लो जीन्दगी’ले जीवनको यर्थाथ भन्छ

२०७८ चैत्र १७
एभरेष्ट सूर्य बोहरा भन्छन् – ‘हेल्लो जीन्दगी’ले जीवनको यर्थाथ भन्छ

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘हेल्लो जीन्दगी’ कसैको जीवनबाट प्रभावित भएर निर्माण गरिएको निर्देशक एभरेष्ट सूर्य बोहराले जानकारी दिएका छन् । चलचित्रको प्रचार सामग्रीमा सत्य घटनाबाट प्रभावित भने पनि चलचित्र कसैको जीवनको सत्य घट्नामा आधारित नै भएको बताए । प्रवास मा बस्ने ति युवकको कथा चलचिमा भने पनि उनको आग्रहमा नाम भने उल्लेख नगरेको उनको भनाई छ ।

केही समय अघि लेन्स नेपालले चलचित्रका मुख्य नायम बिक्रम जोशीकै जीवनको सत्य घट्नामा चलचित्र आधारित रहेको खुलासा गरेको थियो । बुधबार भएको एक कार्यक्रममा सूर्यसँगै रहेका बिक्रम उनको कुरा सुन्दै गर्दा भने मुस्कुराई मात्र रहे ।

निर्देशक सूर्यका अनुसार चलचित्रका केही दृष्यहरु हु–बहु उतारिएको छ । सूर्यले ति युबकको भोगाई अर्थात जीवननै ‘हेल्लो जीन्दगी’ हो । यसअर्थ यो चलचित्रले मान्छेको जीवनको यर्थाथ भन्ने उनको दाबी छ ।

त्यसो त उनले नायिकाहरु प्रचारमा हिडेनन् भनेर चित्त दुखाउन छोडेको बताए । आफ्ना २ नायिका बाहेक सिङ्गो चलचित्र उद्योगले आफुहरुलाई साथ दिएको र दर्शकको साथ पाउनेमा आशाबादी रहेका कारण आफु नायिकाहरुको करामा नअल्झिएको उनको भनाई छ । नायिकाहरुले भने जस्तो चलचित्र आधा नभएको उनको दाबी छ । उनले नायिकाहरुलाई मागेको भन्दा डबल पारिश्रमिक दिएको भन्दै कसैको पनि पारिश्रमिक बाँकी नराखेको जनाएका छन् ।

सँगै रहेका कलाकार सन्दिप क्षेत्रीले नायिकाहरुले साथ दिएकै कारण चलचित्रमा भएको भन्दै चलचित्रमा हुनु नै साथको प्रतिक भएको बताए । काही कलाकारहरु बिबिध कारणले प्रचारमा जुट्न नसक्ने भन्दै उनले प्रचारमा नआउँदैमा साथ नभएको नभन्न उनले आग्रह गरेका छन् । उनले नायिकाहरुको अनुपस्थितिले टिमलाई खल्लो महशुस भएपनि चलचित्रले खल्लो महशुस नगराउने बताएका छन् । सन्दिप चलचित्रको प्रचारमा साथ दिन भन्दै कार्यक्रममा आएका थिए ।

यता नायक बिक्रम जोशीले चलचित्रको पात्रलाई न्याय दिन एकदमै चुनौति पूर्ण काम भएको बताए । कुनै समयमा निर्देशकलाई भनेजस्तो काम गर्न नसकेको भए आफ्नो बिकल्प खोज्न पनि आग्रह गरेको जनाए । उनले फाइनल प्रोडक्ट भने उत्कृष्ट निस्केको भन्दै दर्शक निराश नहुने दाबी गरे ।

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्रमा बिक्रमका अलवा प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको चलचित्रमा सृजना जोशी महर्जन कार्यकारी निर्माता हुन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको चलचित्रमा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा र सम्वादमा रहेको छ । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि। गुरुङको सम्पादन रहेको छ ।

Mahajatra