Mansara

दिब्यदेव भन्छन् – ‘चिसो एष्ट्रे’ मेरा लागि लक्की चार्म हो

२०७८ फागुन २५
दिब्यदेव भन्छन् – ‘चिसो एष्ट्रे’ मेरा लागि लक्की चार्म हो

चलचित्र क्षेत्रमा यतिबेला चर्चा छ त ‘चिसो एष्ट्रे’ अनि यसका नायक दिब्यदेवको । कबी भूपी शेरचनको कबितामा आधारित यो चलचित्रको ट्रेलरले धेरैको ध्यान खिचेको छ ।

दिब्यदेब यही चलचित्रका मुख्य कलाकार मध्येका एक हुन् । चलचित्रमा उनले मदनको भूमिका निभाएका छन् । त्यसो त दिब्यले यसअघि पनि चलचित्रमा काम नगरेका होइनन् । तर, चलचित्र ‘रुदाने’को टिजर सार्वजनिक भएसँगै उनको चर्चा निकै चुलियो । एउटा फाइन आर्टिष्टका रुपमा उनलाई चित्रण गर्न थालियो ।

दिब्यदेवले नाटकबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हुन् । बढी मात्रमा अंग्रेजी भाषाका नाटकमा काम गरेका कारण उनी थियटरका रेगुलर नेपाली दर्शकमाझ पनि खासै नोटिस हुन सकेका थिएनन् । यद्यपी नाट्य क्षेत्रमा उनको चर्चा र सफलता नयाँ होइन । ‘ह्यामलेट’, ‘लुक ब्याक एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’लगायतका नाटकले उनलाई थियटरमा सफल साबित गर्‍यो ।

सन् २०१४ को चलचित्र ‘आवरण’बाट उनले ठुलो पर्दामा डेब्यु गरे । तर, पहिलो चलचित्र बक्स अफिसमा फ्लप भयो, न त दिब्यले नै अमिट छाप छाड्न सके । २०१९ मा चलचित्र ‘हिजो आजका कुरा’मा काम गरे । यो चलचित्र कोरोनाका कारण रिलिज हुन सकिरहेको छैन । यसको गीत र अन्य प्रचार सामग्रीमा पनि दिब्य अटाएका थिए । तर, खासै नोटिस हुन् सकेनन् । सेप्टेम्बर २९, २०२१ मा रिलिज भएको चलचित्र ‘रुदाने’को टिजरले भने उनलाई निकै चर्चामा ल्यायो । उनको चर्चा मात्र भएन धेरैले उनको कामको तारिफ गरे । तर, ‘रुदाने’ भन्दा पहिले उनी चलचित्र ‘चिसो एष्ट्रे’मा आवद्ध भएका थिए । यद्यपी छायाँकन भने ‘रुदाने’कै पहिला भयो ।

दिब्यले नाटक गर्ने समयमै निर्देशक दिन्स पाल्पालीसँग भेट भएको थियो । तर, उनले लामो समय सम्म दिब्यलाई अब्जर्ब गरे । दिब्यका नाटक हेरे, तस्विर हेरे कहिले क्यारेक्टरमा फिट हुन्छ जस्तो कहिले हुँदैन जस्तो लाग्थ्यो । तर, एउटा बिन्दुमा पुगेपछि उनले मदनको क्यारेक्टरमा दिब्य बाहेक अरु सोच्न सकेनन् । यता दिब्यको कुरा पनि उस्तै छ । यो चलचित्रको शुरु देखिनै जोडिएका दिब्यले चलचित्रको पुरा प्रोसेसिङलाई नजिक बाट बुझ्न पाए । त्यो समय सम्म आफुलाई कुन राम्रो, कुन नराम्रो प्रोजेक्ट भनेर छुट्याउन नै मुश्किल हुन्थ्यो रे । तर, यो चलचित्र पछि परिपक्क निर्णय लिन थाले । फलतः उनी यो चलचित्रलाई आफ्नो लक्की चार्म पनि मान्छन् । किनकी यही चलचित्रपछि ‘रुदाने’मा काम गरे, उनकै शब्दमा भन्दा थियटरमा पनि राम्रा–राम्रा नाटकमा काम गर्न पाए ।

चलचित्रलाई उत्कृष्ट बनाउन टिमले गरेको मेहनत सम्झदा इमोशनल भएका यि अभिनेता ‘चिसो एष्ट्रे’बाट निकै आशाबादी देखिए । चैत्र ४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले ब्यवसायिक रुपमा के कस्तो गर्ला त्यसको आँकलन गरिसकेका छैनन् । तर, उनी ढुक्कसँग भन्छन् नेपाली चलचित्रले एउटा उत्कृष्ट निर्देशक पाउँछ – दिन्स पाल्पाली ।

Mahajatra