Mansara

बोर्ड अध्यक्ष ज्यू बिशेष योगदान सम्मान पाउन लक्ष्मीको योगदान के हो !

२०७९ बैशाख ५
बोर्ड अध्यक्ष ज्यू बिशेष योगदान सम्मान पाउन लक्ष्मीको योगदान के हो !

सम्मान पत्रमा लेखिएका ति शब्द जस्तै उनको योगदान चाँही के हो चलचित्रकर्ममा ? यस्ता क्रियाकलापले के वास्तविक चलचित्रर्मीको सम्मान भएको छ त ? के राज्यले दिने अवार्ड र सम्मान भनेर वास्तविक चलचित्रकर्मीले शिर उचो अनि छाति चौडा पार्न सक्लान त ? कतै यस्ता कर्मले चलचित्रकर्मीकै अपमान गरेको त छैन ? कतै यस्ता कर्मले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमामा आँच ल्याएको त छैन ? कतै राष्ट्रपति जस्तो सम्मानित संस्थालाई निकै हलुका बनाएको त छैन ?


 

पछिल्लो समय नीजि क्षेत्रले गरिरहेका धेरै अवार्डहरु विवादित बनिरहेका छन् । त्यसैले त चलचित्रकर्मीहरु चलचित्र बिकास बोर्डले यस्ता अवार्डलाई नियमन गर्नुपर्ने पनि बताइरहेका छन् । तर, नीजि क्षेत्रले गरेको भन्दा पनि भद्दा मजाक चलचित्र बिकास बोर्डले आयोजना गरेको अवार्डमा भयो भन्दा ति चलचित्रकर्मीहरुले लाज मानिरहेका होलान् । त्यो पनि सम्माननिय राष्ट्रपतिको हातबाट प्रदान गरिएको सम्मानमा ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ राष्ट्रले चलचित्र अनि चलचित्रकर्मीलाई दिने एक मात्र पुरस्कार हो । यसैले यो पुरस्कारको मुल्य र गरिमा अन्य अवार्डको तुलनामा बढी नै रहन्छ । राज्यका तर्फबाट चलचित्रकर्मीका लागि उत्कृष्ट कार्य गर्न हौसला अनि उर्जा मिलोस् भनेर यो अवार्ड गरिन्छ ।

राष्ट्रका तर्फबाट दिने अवार्ड÷सम्मान भएकोले यसको गरिमा उचो बनाइ राख्न राष्ट्रपति स्वयम्ले यो अवार्ड प्रदान गर्ने प्रचलन रही आएको छ । नेपाल सरकारका तर्फबाट चलचित्र क्षेत्रको बिकासका लागि स्थापना गरिएको सर्वोच्च निकाय चलचित्र बिकास बोर्डले वर्षेनि अवार्डको आयोजना गर्ने गर्छ ।

तर, यसपटक दृष्य फरक देखियो । चलचित्रकर्मीहरुको भरोसाको एउटै केन्द्र चलचित्र बिकास बोर्डले अवार्ड र सम्मानको गरिमा राख्नै सकेन । चलचित्रकर्मीहरुको त्यो आस्था र भरोसा टुट्न पुगेको छ । चलचित्रकर्ममा लामो समय विताएका र बिशिष्ठ योगदान दिएका कलाकर्मीलाई ताली पड्काउन लगाएर चलचित्रमा कुनै योगदान नभएकालाई बिशेष योगदान सम्मान दिइन्छ, अनि नटुटोस् पनि किन ।

आइतबार राष्ट्रपति भवन शितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’ आयोजना गरिएको थियो । त्यही कार्यक्रममा बोर्डको बार्षिक उत्सवका अवसरमा बोर्डमै प्रदान गरिदै आएको बिशेष चलचित्र अवार्ड पनि थपियो । अघिल्ला वर्षहरुमा बढीमा १० बिधामा अवार्ड र दिर्घ साधना सम्मान प्रदान गर्दै आएको बोर्डले बिशेष चलचित्र अवार्ड सोही कार्यक्रममा प्रदान गर्नुलाई सकारात्मक नै लिन सकिन्छ । तर, गैह्र चलचित्रकर्मीलाई समेत लाइन लगाएरै बाडिएको सम्मानलाई भने स्वभाविक लिन सकिदैन । चलचित्रकर्मीलाई सम्मान गर्नु बिकास बोर्डको दायित्व हो । पाउनेले पाएनन् वा नपाउनेले पाए भन्दा पनि चलचित्रकर्मीले पाए यसअर्थ सम्मानको मापदण्ड बारे अर्को पटक चर्चा गरौला । तर त्यही भिडमा एक गैह्र चलचित्रकर्मीले समेत बिशेष योगदान सम्मान पाइन । चलचित्रमा कुनै साइनो नभए पनि बिशेष योगदान सम्मान पाउने गायिका हुन् लक्ष्मी आचार्य ।

लक्ष्मी आचार्यको पृष्ठभुमि केलाउने हो भने चलचित्रसँग उनको कुनै साइनो भेटिएन । चलचित्र बिकास बोर्डमा उनको रेकर्ड खोज्दा पनि चलचित्रमा उनको आवद्धता शुन्य देखियो । बरु गुगल सर्च गर्दा केही वर्ष अघि शुक्रबार साप्ताहिक लगायतमा अर्धनग्न तस्विर खिचाउने र केही युट्युबहरुमा भद्दा अन्र्तवार्ता दिने गरेको देखियो । मार्च १८ मा त्यस्ता अन्र्तवार्ता हटाइदिन उनले फेसबुक मार्फत सार्वजनिक अपिल समेत गरेकी छिन । उनले केही लोकगीत पनि गाएकी छिन, केही भिडियोमा पनि अभिनय गरेकी छिन । तर, चलचित्र सँग उनको साइनो केही छैन । जब उनले उक्त सम्मान पाइन तब कार्यक्रममा उपस्थित चलचित्रकर्मी र सञ्चारकर्मीहरु छक्क परे । अनि उनको चलचित्र सइनो खोज्न थाले । बिशेष योगदान सम्मान पाउने मान्छेको योगदान पक्कै बिशेष होला ! । तर, कसैले उनको योगदान बारे थाहा पाएनन् सिवाय बिकास बोर्डको नेतृत्व ।

उनलाई दिइएको सम्मान पत्रमा ‘नेपाली चलचित्र उद्योगको श्रीबृद्धिमा यहाँले पुर्‍याएको योगदान अविश्मरणिय रहेको’ उल्लेख गरिएको छ । त्यो अबिश्मरणिय योगदान चाँही के हो ? चलचित्र अवार्ड त चलचित्रकर्मीहरुको सम्मानका लागि हो । उत्कृष्ट कार्यका लागि हौसला अनि उर्जाका लागि हो । अनि सम्मान पत्रमा लेखिएका ति शब्द जस्तै उनको योगदान चाँही के हो चलचित्रकर्ममा ? यस्ता क्रियाकलापले के वास्तविक चलचित्रर्मीको सम्मान भएको छ त ? के राज्यले दिने अवार्ड र सम्मान भनेर वास्तविक चलचित्रकर्मीले शिर उचो अनि छाति चौडा पार्न सक्लान त ? कतै यस्ता कर्मले चलचित्रकर्मीकै अपमान गरेको त छैन ? कतै यस्ता कर्मले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमामा आँच ल्याएको त छैन ? कतै राष्ट्रपति जस्तो सम्मानित संस्थालाई निकै हलुका बनाएको त छैन ?

यतिबेला चलचित्र बिकास बोर्डको कार्यकारी अध्यक्षमा निर्देशक दयाराम दहाल छन् । लामो समय चलचित्रमा बिताएका दयारामसँग पक्कै यस्ता प्रश्नहरुको जवाफ होलान । तर, चलचित्रकर्मीले अहिले सम्म जवाफ नपाएका केही प्रश्न अवश्य छन् । उनले गैह्र चलचित्रकर्मीलाई किन बिशेष योगदान सम्मान दिए ? विेशेष योगदान सम्मानको मापदण्ड के हो ? उनलाई कुन त्यस्तो बाध्यता आइप¥यो जसका कारण गैह्र चलचित्रकर्मीलाई सम्मान गर्नु पर्यो ? हैन उनी सम्मानको लायक हुन् भने अध्यक्ष ज्यू भनिदिनुस् चलचित्रमा लक्ष्मीको योगदान के छ ?