पूजा र आकाश अभिनित बिहे भा छैन सार्वजनिक

लेन्सनेपाल २०७८ असोज २३
पूजा र आकाश अभिनित बिहे भा छैन सार्वजनिक

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डान्सिङ बिटको गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र अर्जुन सुनाम र सिर्जु अधिकारीको स्वर रहेको छ ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोमा सुदीप बरालको छायाँकन र अर्जुन बिसीको सम्पादन रहेको छ।