Mansara

भुवनले स्वीकारे राजेशलाई महानायक !

२०७९ बैशाख १३
भुवनले स्वीकारे राजेशलाई महानायक !

नायक भुवन केसी अर्का नायक राजेश हमाललाई दिइएको महानायक उपमा प्रति सन्तुष्ट छदै छैनन् । उनी मौका पायो कि राजेशको आलोचना गर्न पछि पर्दैनन् । बेला बखत भुवनले राजेश महानायक नभएर कुनै समयको बिजी नायक मात्र भएको बताउने गर्थे । उनी घुमाउरो शैलीमा आफुलाई महानायक भनिनु पर्ने तर्क गर्न पनि पछि पर्दैनन् । आफुले खेलेका अक्सर चलचित्र हिट भएको र केही चलचित्रले बेन्चमार्क नै सेट गरेको भन्दै उनी आफ्ना नजिकका मान्छे मार्फत भुवन महानायक हुन् भन्ने कार्ड फालिरहन्छन् । ति कार्डमा सफल चलचित्रको मात्र होइन श्रीमति र छोरालाई समेत चलचित्र क्षेत्रमै ल्याएको, चलचित्रमा अभिनय मात्र नभएर निर्माण समेत गरेको जस्ता तर्क पेश हुने गर्छन ।

भुवन र भुवनका निकटष्थहरुले जति सुकै चर्को स्वरमा राजेश महानायक नभएको जिकिर गर्छन त्यतिनै बढी आलोचना पनि खेप्ने गर्छन । महानायक उपमा प्रति विवादस्पद अभिब्यक्ति दिएर भुवन पटक पटक आलोचित हुने गरेका छन् । यद्यपी राजेशसँग भेट्दा भने भुवनले आफुहरु बिच कुनै मनमुटाब नरहेको देखाउने कोसिस गर्छन ।

गत दशैंको छेकोमा पनि भुवनले एक सार्वजनिक कार्यक्रममा नै महानायक प्रति विवादास्पद अभिब्यक्ति दिएका थिए । उनले नेपाली चलचित्रको महानायक शिब श्रेष्ठ भएको सार्वजनिक उद्घोष गरे । उनको अभिब्यक्तिको चर्को आलोचना भयो ।

हालै राजेश हमाल चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न हलमा पुगे । भुवन केसी पुत्र अनमोल केसी अभिनित चलचित्र हेरिसकेपछि टिम सहित यि दुई नायक एकसाथ मिडिया सामु उपस्थित भए । जहाँ पत्रकारहरुले महानायक बिबाद बारे कुरा कोट्याइहाले ।

प्रसंग आउदा साथ राजेशले विवादलाई नकारे । उनले कहाँबाट यो कुरा आयो भन्दै आश्चर्य समेत प्रकट गरे । उनले आफ्ना लागि आश्चर्य जनक बिषयवस्तु उठाएको पनि जिकिर गरे । यता भुवनले भने आफुहरुले लामो समय देखि सँगै चलचित्र अनि कार्यक्रम गरेको भन्दै सही समयमा यो प्रश्न गरेर ठिक गरेको बताए । यता मुसुमुसु हासिरहेका राजेशले भुवन बोल्दै गर्दा उनलाई अंगालो हाले अनि स्पष्टिकरण दिन नपर्ने बताए । अनि राजेशले मज्जाले हासेर टारिदिए । भुवनले भने आफुहरु बिच नराम्रो नरहेको भन्दै आफुहरु राम्रो साथी भएको बताए । उनले बाहिर आएको कुरामा सत्यता नभएको पनि जिकिर गरे । उल्टै राजेशलाई सोधे – छ र केही ? राजेश छ र ? राजेशले भने उनको कुरा नसुने झै गरे ।

जे होस् राजेशको अघि भुवनले यो प्रसंगमा केही बोल्न सकेनन् । छेवैमा रहेका शिब श्रेष्ठलाई महानायक भन्न पनि सकेनन् । बरु बाहिर आएको जस्तो नभई आफुहरुको सम्बन्ध सुमधुर रहेको बताए । यसबाट के बुझौं भुवनले पनि राजेशलाई महानायक स्वीकारेका हुन् !

Mahajatra