कौशल र अनामिकाको आयो दशैं

लेन्सनेपाल २०७८ असोज २२
कौशल र अनामिकाको आयो दशैं

आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको गीतमा पत्रकार शान्तिप्रियको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

यस्तै भिडियोमा श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी र झरना परियारको अभिनय रहेको छ । केशव राज भट्टको निर्देशन, मुकेश हुमागाईँको छायाँकन, विनोद वमको सम्पादन रहेको भिडियो गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ ।