चलचित्र ‘यो मन त मेरो नेपाली हो’ पोस्टर सार्वजनिक

चलचित्र ‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारि सार्वजनिक पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ ।
नर प्रधान (मित्र)को कथा तथा निर्देशन रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन)ले गरेका हुन् । चलचित्रमा शिवम् अधिकारीको लेखन, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा. लि. र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र २०८१ सालमा नै रिलिजको तयारीमा छ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले जनाएका छन् ।
Latest Updates
New Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri
Next Releases (Bhadra 12)
-
Koshedhunga
Director : Saroj Poudel
Casts : Surakshya Panta, Aaryan Sigdel, Prabin Khatiwada, Reecha Sharma, Niti Shah