‘जारी २’सँगको सहकार्यमा ‘रैथाने घुमफिर’ कन्सर्ट गर्दै झुमा
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २’ सँग सहकार्य गर्दै गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रैथाने घुमफिर देशका बिभिन्न १० शहरमा आयोजना हुने जानकारी दिइयो । जसको सुरुवात यही भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने छ । कार्यक्रममा चलचित्र ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।
अन्य स्थानमा भने जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका लिम्बुले जनाएकी छिन । स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर प्रस्तुति दिइने उनको भनाई छ ।
लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले बताइन् । ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं । ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
