‘सकम्बरी’बाट चलचित्रमा कमब्याक गर्दै जीवन, अर्पण पनि अनुबन्धित
अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि चलचित्र अभिनयमा कमब्याक गर्ने पक्का भएको छ । जीवनले चलचित्र ‘सकम्बरी’ मार्फत कमब्याक गर्न लागेका हुन् ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्रका लागि बुधबार जीवनसँग लिखित सम्झौता भएको हो । यस्तै बुधबार नै अर्का अभिनेता अर्पण थापालाई पनि चलचित्रमा अनुबन्धिन गर्दै पनि एकेडेमीले लिखित सम्झौता गरेको छ ।
एकेडेमीले सामाजिक सञ्जालमा सम्झौताका तस्विर साझा गर्दै ‘सकम्बरी’मा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्ने जनाएको छ ।
चलचित्रलाई कसले निर्देशन गर्दै छ भन्ने कुरा अझै खुलाइएको छैन । एकेडेमीका सीइओ प्रकाश पुरीले चलचित्रको शिर्ष भूमिका सकम्बरी र निर्देशक बारे केही दिनमा जानकारी दिइने जनाए । चलचित्र पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएपनि कथा भने पुस्तकमा आधारित नरहेको पुरीले बताए ।
तिहारपछि छायाँकन गरिने चलचित्रमा दोस्रो विश्वयुद्ध कालखण्डको परिवेश समावेश गर्नु पर्निे भएकाले बर्मा र नेपालमा छायांकन हुने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
