‘माग्ने राजा’लाई अस्ट्रेलियामा १०० शो

२०८२ भाद्र ४
‘माग्ने राजा’लाई अस्ट्रेलियामा १०० शो

चलचित्र ‘माग्ने राजा’ शुक्रबारबाट नेपाल सहित बिभिन्न देशमा प्रदर्शनमा आउदै छ । चलचित्रले अस्ट्रेलियाका २५ हलमा  १०० शो प्राप्त गरेको छ । 

चलचित्रको अस्ट्रेलिया वितरक थ्रि–केजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले ती हलमा चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला भएको जानकारी दिएको छ । अस्ट्रेलियामा चलचित्रको क्रेज राम्रो रहेको भन्दै व्यवसायिक रुपमा पनि उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा थ्रि–केजीका गोविन्द भण्डारीले गरेका छन् । दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइपलाई मध्येनजर गरेर पर्याप्त शोसहित रिलिज गर्न लागेको जानकारी दिइन् ।

अष्ट्रेलियासँगै नेपालका हलमा पनि चलचित्रको टिकट बुकिङ खुला भइसकेको छ । यद्यपी अझै केही हलमा बुकिङ खुल्न बाँकी छ ।

ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सामिप्यराज तिमल्सेनाको लेखन र नरेन्द्र मैनालीको छायांकन छ । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा हुन् ।