‘आ बाट आमा’बाट डेब्यु गर्दै साइग्रेस, संगीतकारमा थानेश्वर
कथा बाचकका रुपमा चर्चामा आएका साइग्रेस पोखरेलले चलचित्रमा डेब्यु गर्ने भएका छन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरेका पोखरेलले चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘आ बाट आमा’बाट ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा पोखरेललाई अनुबन्ध गर्दै कलाकारको लाइनअप पुरा भएको जनाइएको छ । यस्तै निर्माण टिमले संगीतमा थानेश्वर गौतमलाई अनुबन्धित गरेको छ । पछिल्लो समय चलचित्र ‘एन्जिला’को गीत हिट भएपछि थानेश्वर पनि चलचित्र संगीतमा व्यस्त हुन् थालेका छन् ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको चलचित्रको छायाँकन भदौ १२ गतेबाट शुरु हुने जनाइएको छ । चलचित्रमा यसअघि नै कलाकारहरु उषा उप्रेती, पल शाह, विपना थापा, दक्षिण भारतीय अभिनेता प्रदीप रावत लगायत अनुबन्धित भइसकेका छन् ।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाश कुँवरको लगानी रहने छ । चलचित्रमा कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा क्षितिज ढुङ्गाना रहेका छन् । आगामी वर्षको फागुन १५ गतेलाई चलचित्रको रिलिज तोकिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
