कलेज केन्द्रीत प्रचारमा 'माग्ने राजा'
आगामी शुक्रबार अर्थात् भदौ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को निर्माण टिम यतिवेला कजेज केन्द्रित प्रचारमा जुटेको छ । चलचित्रको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ ।
आज काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेको टिमले बिद्याथीहरु माझ चलचित्रको बारेमा जानकारी दियो । अभिनेता केदार घिमिरे (माग्ने बुढा) र निर्देशक ऋषि लामिछाने बिद्याथी माझ पुगेका हुन् । उक्त अवसरमा अभिनेता घिमिरिेले चलचित्रको गीत ‘म त सुतेर उठेको पैसामा’मा विद्यार्थीसँग नृत्य समेत गरे ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको चलचित्रमा केदारका अलवा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । अभिनेता आर्यन सिग्देलको विशेष भूमिका रहेको चलचित्रमा सामीप्य राज तिमल्सेनाको लेखन र नरेन्द्र मैनालीको छायाँकन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
