Mansara

चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष

२०७८ फागुन १९
चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष

बरिष्ठ चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष पदमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले बुधबार उनलाई उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

राप्रपाको एकता महाधिबेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापा उक्त पार्टी छोडेर लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको अध्यक्ष भएका थिए । लगत्तै पार्टी एकता कायम राख्ने आफ्नो प्रयासमा असफल भएको भन्दै पौडेलले पनि राप्रपा परित्याग गरेका थिए ।

थापाले बुधबार पौडेलसहित १६ जना पदाधिकारी मनोनीत गरेका हुन् ।