सकियो ‘द्रौपदी’को छायाँकन

२०८१ बैशाख १४
सकियो ‘द्रौपदी’को छायाँकन

चलचित्र ‘द्रौपदी’को छायाँकन ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।

ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्रमा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । चलचित्रमा मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत र अनिल महर्जनको सम्पादन रहने छ ।

चलचित्रमा निर्देशक आचार्य स्वयम्, बिष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली निर्माता हुन् । यस्तै खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्मातामा रहेका छन् । आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन् ।