‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनिक

मगर संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको चलचित्रका दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो ।
पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ । निर्देशक अनिलकै कथा रहेको चलचित्रको पटकथा, संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।
जिएम मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, हर्क साउदको शब्द र मनोज थापाको शब्द र संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्र असार २८ गते प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्क बहादुर पुन (खबपु), कविता आले, शिला आलेलगायतको अभिनय छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi