विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’

चलचित्र ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भइरहेको छ ।
चलचित्रलाई जापानमा सुभाष लामिछानेले र दक्षिण कोरियामा नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले वितरण् अधिकार खरिद गरेको छ । यस्तै, नेपाली चलचित्रका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले वितरणको जिम्मा लिएको छ । हङकङमा भने ओपिजी फिल्मस्ले चलचित्र विक्री गर्ने छ ।
यी बाहेक अन्य देशमा पनि चलचित्रको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । चलचित्रको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा चलचित्र रिलिज हुनेछ ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi