चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त

२०८१ बैशाख ११
चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त

चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा मंगलबार शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो । शुभमुहूर्तमा निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ तथा कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायत उपस्थित थिए ।

सामाजिक संजालले समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाइने निर्माता लामिछानेले जनाएका छन् । अभिनेता सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भएकाले यो चलचित्रमा पनि आफुलाई केही फरक देख्न सकिने बताए ।

कमेडी जनरामा निर्माण हुने चलचित्रमा सौगात र लक्ष्मीका अलवा सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका रहनेछ । लामिछाने र विशाला ताम्राकारको लगानी रहेको चलचित्रलाई अमर महर्जनले छायांकन गर्नेछन् ।

द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लम्जुङ भुजुङ गाउँमा हुनेछ । यसका अलवा गोरखा र चितवनमा पनि केही प्रतिशत छायाँकन गरिने निर्देशक निगम श्रेष्ठले बताए ।