चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु

२०८१ बैशाख १४
चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु

चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।

निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।

चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक थापा मगर आफैले लेखेका हुन् । चलचित्रको छायांकन गर्न पुगेको ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरेका थिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए ।

चलचिमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता र सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।