‘जनै हराएको बाहुन’बाट अभिनयमा फर्कदै सुशांक

अभिनेता सुशांक मैनाली ९ वर्षपछि अभिनयमा फर्किने भएका छन् । उनी निर्माणको तयारीमा रहेको चलचित्र ‘जनै हराएको बाहुन’मा अनुबन्धित भएका छन् ।
हिमाल न्यौपानेको निर्देशन रहने चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रेअर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । पेपरक्लिपले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्र चैत्रको अन्त्यबाट छायांकनमा जाने तयारीमा छ ।
मैनालीले २०१३ मा रिलिज भएको चलचित्र ‘साँघुरो’बाट अभिनय यात्रा थालेका उनले त्यसपछि २०१४ मा रिलिज भएको ‘टलकजंग भर्सेस टुल्के’, २०१६ मा रिलिज भएको ‘को आफ्नो’ र २०१६ मै रिलिज भएको चलचित्र ‘जंगे’मा अभिनय गरेका छन् । चलचित्र ‘साँघुरो’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका मैनाली पछिल्लो समय भने अमेरिका बस्दै आएका छन् । अमेरिकामै रहदा मैनालीले निर्माण गरेको चलचित्र ‘भूठान’ बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi