सुरक्षा भन्छिन – ‘बहाव’को कथा मसँग मिल्छ

अभिनेत्री सुरक्षा पन्तले चलचित्र ‘बहाव’ बुबा छोरीको मनोबिज्ञानमा आधारित रहेको जनाएकी छिन । राजधानीमा पत्रकारहरुसँग कुरागर्दै पन्तले चलचित्रको मुख्य पात्र नै बुबा छोरी भएको बताइन ।
यो चलचित्रमा वैचारिक मनोरञ्जन पाइने भन्दै उनले कथाको केही अंश आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् । उनले आफ्नै घरको उदाहरण दिदै भनिन् – घरमा दुई आमा, एक बुवा र चारजना छोरी छौं । तर, पनि एउटा पुरुषले राज गरिरहेको परिवार हो,’ सुरक्षा भन्छिन्, ‘चलचित्रको केही अंश मसँग पनि मिल्दोजुल्दो छ ।’ त्सो त चलचित्रको स्क्रिप्ट पढेपछि आफुले यो कथा भन्न जरुरी छ भन्ने लागेरै अभिनयका लागि तयार भएको उनको भनाई छ ।
यही शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रमा सुरक्षाको पात्रको बुबाको भूमिकामा कलाकार कमलमणी नेपालले अभिनय गरेका छन् । कमलमणिलाई भने स्क्रिप्ट पढ्दा सामान्य लागेको भए पनि वर्कशपमा रहदा यसको गहिराईमा पुगे अनि आफुलाई थाम्न सकेनन् । चितवनमा वर्कशप भइरहदा उनी पात्रमा यसरी डुवेका थिए की कुनै दृष्यमा आफुलाई रोक्न सकेनन् गहभरी आशु छल्कीए । कमल भन्छन् – ‘दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ ।’
चलचित्रलाई प्रमोद कँडेलले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू रहेको उनले बताए । ‘यो कथा लेखिरहँदा भाईको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगें, ती कुरा दर्शकले भाईको चरित्रमा पाउनुहुन्छ’, उनले भने ।
निर्माता श्रीधर पौडेलले आफूलाई चलचित्र रिलिजमा कुनै समस्या नभएको दाबी गरे । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शकमाझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनु पर्ने अवस्था छैन’, उनले भने ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । चलचित्रमा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal