‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं

एक त वर्षमा झण्डै सय चलचित्र रिलिज हुन्छन् । त्यसमा केही चलचित्र मात्र आशातित हुन्छन् । आशातित भनिएका अनि विग बजेटका चलचित्रले प्रदर्शनका लागि सकेसम्म चाडपर्व वा छुट्टीको समय रोज्ने गर्छन ।
यसअर्थ चाडपर्व वा छुट्टीको समयमा ठुला भनिएका चलचित्रहरु एक आपसमा जुध्नु नौलो कुरा होइन । यसपटक पनि त्यस्तै भएको छ । अहिले चर्चा चैत्र २९ लाई लिएर भइरहेको छ । उक्त मितिमा दुई चलचित्र एकसाथ रिलिज हुँदैछन् । बिग बजेटका अनि चलचित्र क्षेत्रलाई चलायमान गराउन सक्ने भनि आँकलन गरिएका चलचित्रहरु एकसाथ रिलिज गर्न हुँदैन भनेर प्रयास गरिनु अस्वभाविक पनि होइन । तर, यस्ता धेरै प्रयासुहरु असफल हुने गरेका छन् ।
चैत्र २९ मा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शन हुँदैछन् । केही व्यक्तिहरुले दुवै पक्षलाई मिलाएर उक्त मितिमा यि दुई मध्ये एकलाई प्रदर्शनको वातावरण मिलाउन पनि खोजेका थिए । तर, कुरा मिलेन । छायाँकनमा जानु अगावै सार्वजनिक भएको ‘ए मेरो हजुर ३’ को फस्टलुक पोस्टरमा पनि प्रदर्शन मिति चैत २९ उल्लेख थियो ।
यसैबिच ‘ए मेरो हजुर ३ का निर्माता सुनिल कुमार थापाले आफुले अनमोल केसीलाई अनुबनध गरेकै दिन उक्त मितिमा चलचित्र प्रदर्शन गर्ने घोषणा गरेको भन्दै अर्को चलचित्रसँग जुध्न नगरेको स्पष्ट पारेका छन् । आफुलाई चलचित्र क्षेत्रका केही अग्रजहरुले किन जुधाएको भन्दै प्रश्न गरेको बताउँदै उनले प्रति प्रश्न गरे – ‘मैले कसरी जुधाएँ ? एक वर्ष अगाडि मैले हालेको डेट । अनि उहाँहरुले असोज ५ मा प्रदर्शन गरेको भनेको चैत्र २९ मा ल्याएर हाल्नु हुन्छ । अनि मैले जुधाएँ कि उहाँहरुले जुधाउनु भयो ।’
चलचित्र जुध्दा दुबैलाई घाटा भएको बताउँदै उनले आफुले सिंगल रिलिजका लागि पटक पटक प्रयास गरेको समेत जनाएका छन् । आफुले मिलेर जान धेरै बिन्ति गरेको भन्दै उनले भने – ‘तर, उहाँहरुले मलाई नै सर्न अग्रह गर्न थाल्नुभयो । अब मैले डेरामा लिएको कोठालाई तपाई बस्नुस् भनेर म कसरी छोडेर जाँउ ।’
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal